Logo
Logo

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन


567
Shares

काठमाडौं ।  सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।

‘आन्दोलन रहर नभई बाध्यता हो’ हाम्रो धैर्यलाई कमजोरी नठानु जस्ता नाराले सजिएका प्लेकार्ड बोकेर उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनकारीहरूले लामो समयदेखि सहकारी ठगीको न्याय नपाएको गुनासो गर्दै तत्काल समाधानको माग गरेका छन् ।

उनीहरूले सहकारी ठगीविरुद्धको आन्दोलन कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नो जीवनरक्षाका लागि गरिएको सङ्घर्ष भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्