काठमाडौं । स्वास्थ्य उपचारका नाममा अदालतबाट हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवलशम्शेर राणा फेरि राजसंस्थाका पक्षमा उत्रिएका छन् । सोमबार राप्रपा नेपालले भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा उनी खुला रूपमा सहभागी भएका हुन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा धवलशम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो । तर स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनी वैशाख ७ गते अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । अदालतबाट छुटे लगत्तै राजनीतिक गतिविधिमा सक्रिय हुनुले उनीमाथि उठेका प्रश्नहरूलाई थप चर्काइदिएको छ ।
यता, तीनकुनेकै प्रदर्शनबाट पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै थुनामै छन् । एउटै घटनामा संलग्न व्यक्तिहरूमाथि फरक व्यवहार देखिएको भन्दै राजनीतिक प्रभाव र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।