Logo
Logo

राजा नभएको भए आज प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट


567
Shares

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पञ्चायतकालीन नेता केशरबहादुर विष्टले देशमा राजा नभएको भए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नहुने बताएका छन् । 

सोमबार काठमाडौंको भृकुटिमण्डपमा राप्रपा नेपालले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । विष्टले भने, ‘राजा नभएको भए आज प्रचण्ड हुँदैन थियो । यो ख्याल गर्नू । यिनले जस्तो जहाँ पायो त्यहीँ मान्छे मारेर हिँड्ने राजा होइन ।’

उनले जनयुद्धको बेलामा नेपाली सेनाले प्रचण्डलाई उनी हिँडेको एक घण्टापछि मात्रै घरमा बम पड्काएकै कारण पटक पटक जोगिएको उल्लेख गरे ।

विष्टले भने, ‘सेनाले ऊ (प्रचण्ड) बसेको घरमा बम हान्दो रहेछ । ठिक्क प्रचण्डले घर छाडेर हिँडेको एक घण्टामा बम पड्काउँदो रहेछ । अर्को घर पनि छाडेको एक घण्टापछि पड्काउँदो रहेछ । यो आर्मी पनि बडो खेलाडी, बेलामा नहान्ने, हिँडेपछि हत्तेरी मिस भयो भन्ने ।’

उनले यस्तै कारणबाट प्रचण्ड बाँचेको भन्दै ख्याल गर्न चुनौती दिए । ‘यस्तै हत्तेरी मिस भयो भनेर बाँचेको प्रचण्ड, ख्याल गर्नू,’ विष्टले भने ।

प्रतिक्रिया दिनुहोस्