Logo
Logo

एमालेले ‘जबज’लाई त्रिशूलीमा बगायो: गंगा चौधरी


1.4k
Shares

काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको टिप्पणी गरेकी छिन् ।

राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

उनी एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी थिइन् । पछिल्लो समय उनी राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् । चौधरीले शिवसेना नेपालको तर्फबाट सो सभालाई सम्बोधन गरेकी थिइन् ।

उनले भनिन्, ‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’ उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् ।

‘म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएका कारणले मेरो ससुरालाई माओवादीले तीन टुक्रा पारेर मारे । म यो बिर्सन सक्छु । के म यो बिर्सन सक्छु रु त्यसकारण अब राजसंस्था पुनरस्थापना नभई राष्ट्रको भलो हुँदैन । देश जोगिँदैन,’उनले भनिन् । 

प्रतिक्रिया दिनुहोस्