विराटनगर । मोरङमा गुडिरहेको टिपरमा आगो लागेको छ। केहीबेर अघि प्र १ – ०२–००१ ख ८५३१ नम्बरको टिपरको तार सर्ट भई आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगरतर्फ आउँदै गरेको टिपर विराटनगर १९ महेश राठी मिल छेउमा आफैँ आगो लागेको थियो । प्रहरीले भने आगलागीको कारण थाहा नभएको जनाएको छ।
आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ । पछिल्लो समय गुडिरहेका सवारी साधनहरूमा आगो लाग्ने क्रम बढ्दै गएको छ।