Logo
Logo

सशस्त्रमा कुँवरकै हालीमुहाली, घिमिरेलाई चिठ्ठा


25.7k
Shares

काठमाडौं । शक्तिको आडमा हालीमुहाली गरिरहेका सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र कुँवरले सरुवा पनि बाजी मारेका छन् । तालिम, बढुवा र सरुवमा शक्ति दुरुपयोग गर्दै आएका कुँवरले सरुवा बाजी मारेका हुन । सशस्त्र प्रहरी भित्र ‘राष्ट्रिय ज्वाई’ को उपाधि पाएका कुँवरलाई कांग्रेसबाटै कोटा निर्धारण हुने गरेको छ ।

कांग्रेसको भागमा परेको गृहमन्त्रालयमा सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको एउटा मात्रै बल बहिनी ज्वाइँमा रहेको छ । सशस्त्र प्रहरी बलका १२ जना नायब महानिरीक्षक (डिआइजी) को सरुवा गर्दा भर्खरै मात्र बढुवा भएका डिआइजी सबैभन्दा महत्वपूर्ण प्रदेश खटाइएको छ । मन्त्रालयले प्रहरी महानिरीक्षक राजु अर्याललाई दबाबमा राखेर सरुवा गरिएको छ ।

गृह मन्त्रालयले ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दा केहीलाई अन्याय भएको छ भने भर्खरै बढुवा भएकालाई महत्वपूर्ण प्रदेशको जिम्मेवारी दिएर पठाइएको छ । शक्तिको आडमा बढुवा हुँदै आएका कुँवरलाई लुम्बिनी प्रदेश पठाइएको छ । ‘सत्तासँग किन निहु खोज्ने आफू गल्ती गर्दिन, गल्ती गर्नेहरु आफै फस्छन’, उनलाई लुम्बिनी पठाउन दबाब आउदा आइजीपी अर्यालले भनेका थिए ।

हालको सरुवामा सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोसी प्रदेशको बराह बाहिनीमा सरुवा भएका छन् । डिआइजी कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी पठाइएको छ । उनी पनि केही दिन अघि मात्रै बढुवा भएका हुन् । अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा गरिएको छ । पोखरेल पनि तीन पटक कार्यालय प्रमुख हुने भाग्यमानी अधिकृत हुन् ।

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन । सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन् । उनी लुम्बिनीमा थिए । त्यहाँबाट सिधै मन्त्रालयको दबाबमा सुदुरपश्चिम प्रदेशमा पुगेका हुन् । यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ । उनी थानकोटस्थित एकेडेमीमा बस्दा र पूर्वमा बस्दा विवादमा आएका डिआइजी हुन् ।

छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन । गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तीनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदीपपाल वैद्यनाथ बाहिनीमा सरुवा भएका गरिएको छ ।

वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोतमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत पुरुषोत्तम थापा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन् । थापा भने दुई पटक सरुवा हुँदा पनि कमाण्ड गर्न पाएका छैनन । उनी सशस्त्र प्रहरी बलको आगलागी प्रकरणमा मुछिएका थिए ।

त्यसैगरी सशस्त्र प्रहरी बलका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिदा विकास घिमिरेलाई चिठ्ठा परेको छ । घिमिरेलाई खेलकुदबाट प्रबन्धमा ल्याइएको छ । घिमिरे तिनै व्यक्ति हुन जो अनुसन्धान तालिम भन्दै लाखौ रुपैया खर्च गराएर आइजीपीलाई गुमराहमा राखेका थिए । उनलाई नै अहिले भण्डारको चावी दिइएको छ ।

एसएसपी मनिष थापा बराह बाहिनी सुनसरीबाट कार्य विभागमा सरुवा भएका छन् । कमलप्रसाद तिउसिनालाई बिन्ध्यावासिनी बाहिनी रुपन्देहीबाट खेलकुद तथा शारिरीक सुगठन शिक्षालयमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

यस्तै सुधिरजंग थापा बराह बाहिनी सुनसरी, माधवप्रसाद पौडेल भण्डार महाशाखा, उद्धवबहादुर न्यौपाने हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, राजेन्द्र खड्का एपीएफ इन्टेलिजेन्स ब्युरो र किरण ढुंगानालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा सरुवा गरिएको छ । रविनराज कर्णजीत सीमा सुरक्षा विभाग, भरत खनियाँ विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, जहरसिंह बुढामगरलाई कार्य विभागबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्