Logo
Logo

हामी बिग्रियौँ अहिले दिनरात सच्चिने प्रयासमा छौँ : प्रचण्ड


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन् ।बर्दियाको राजापुरमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सच्चिएर जनताको बिचमा पुग्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

उनले भने ‘पार्टी बिग्रियो । नेताहरू बिग्रिए । हामीले आधारभूत वर्गलाई भुल्यौँ । मैले आफूले पनि गल्ती गरेँ भन्ने महसुस भएपछि म अहिले दिनरात खटिएको छु । केही गल्ती गरेँ भन्ने लागेपछि आफूलाई सच्याउँदै बदल्ने सङ्कल्प गर्दै पछिल्लो पटक सरकार चलाउँदा सुशासनको पक्षमा अभियान पनि छेडे । अहिले दिनरात दौडिरहेको छु । जनताको बिचमा गइरहेको छु । अब अरू नेताहरू पनि सच्चिनुस् । आफ्नो वर्गलाई समाउनुस् ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले शहीद–बेपत्ता परिवारका कुरा सुन्न पनि पार्टीका नेताहरूलाई आग्रह गरे । उनले त्यसले आफू बिग्रिएको थाहा हुने र तिनको आँशुले आफूलाई बदल्न  मदत गर्ने बताए ।

उनले भने, जनयुद्धको तयारीको समयदेखि नै बर्दियाका थारु समुदाय, मजदुर र किसानले हामीमाथि ठुलो भरोसा राख्नुभयो । जनयुद्धको अवधिभर बर्दिया आधार इलाका थियो । तर, क्रान्तिको बलियो किल्ला बनेको थारु समुदायमा पार्टी छिन्नभिन्न भयो । किनभने, माओवादी पार्टी बिग्रियो । यसका नेता बिग्रिए । अब थारु समुदाय, शहीद र बेपत्ता परिवार, मजदुर र किसानलाई केन्द्रमा राख्नुस् । गहिरो आत्मसमीक्षा गर्नुस् र सच्चिनुस् योभन्दा विकल्प छैन ।’

उनले केही महिना अघिसम्म माओवादी पार्टी नुन खाएको कुकुराजस्तो बनिसकेको थियो भन्दै आफूले सुशासनको लागि सङ्कल्प गरेर सरकारको नेतृत्व गरेपछि माओवादी नेता–कार्यकर्ता खुल्ला बहस गर्न सक्ने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्