काठमाडौं । नेपालका प्रमुख सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्टले आफ्नो १६ औँ वर्षमा प्रवेश गरेको गरेको छ । यस अवसरमा कम्पनीले आफ्ना ग्राहकहरूका लागि विशेष १५ प्रतिशत छुट अफर पनि सुरु गरेको छ ।

सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट स्थापना भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा २२०० भन्दा बढी ग्राहकहरूका साथ विश्वास जितेको छ । कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका विभिन्न क्षेत्रहरूमा डिजिटल ट्रान्सफर्मेसनको लागि डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरूको विकास गर्दै आएको छ ।
नेपालको आन्तरिक राजस्व विभागद्वारा प्रमाणित डाइनामिक टेक्नोसफ्ट नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलर र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ ।
यस कम्पनीको सफ्टवेयर समाधानहरूले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रका १०० भन्दा बढी अस्पताल र मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ ।
अब, डाइनामिक टेक्नोसफ्ट नेपालका विभिन्न पालिकाहरूमा पनि आफ्नो ईआरपी समाधान पुर्याउँदै छ । कम्पनीले आफ्नो सेवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउँदै दुबई, मलेसिया र इन्डोनेसियामा पनि विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत, दीपक साहले १५ औँ वार्षिकोत्सवको अवसरमा भने, ‘हामीले १५ वर्षको यात्रामा विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौँ । हाम्रो लक्ष्य आगामी दिनहरूमा पनि नवीनतम सेवा र समाधानहरू ल्याउनु हो जसले ग्राहकहरूको आवश्यकताहरूलाई अझ राम्रोसँग पूरा गर्न मद्दत पुर्याउनेछ ।’
१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा डाइनामिक टेक्नोसफ्टले आफ्नो सम्पूर्ण सफ्टवेयर उत्पादनमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गर्दै आएको छ।