Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, शिक्षक आन्दोलनबारे होला त निर्णय ?


3.1k
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर, बैठक केही ढिलागरी शुरू भएको हो ।

आजको बैठकमा २७ दिनदेखि आन्दोलनमा रहेका शिक्षकका मागबारे निर्णय हुनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकअघि सत्ता साझेदार एमाले(कांग्रेसका दोस्रो तहका नेताहरूले नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग छलफल गरेका थिए ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गल्फुटारमा उनीहरूबीच छलफल भएको हो ।

छलफलमा शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना, सरकारबाट उपप्रधामन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमालेबाट महासचिव शंकर पोखरेल र कांग्रेसबाट महामन्त्री गगन थापा सहभागी थिए ।

गल्फुटारको छलफलबाट पौडेल, लेखक र पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी सिधै बालुवाटार पुगे हुन् ।

प्रतिक्रिया दिनुहोस्