
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ । सोमबार रातिसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज पनि शिक्षक र शिक्षा मन्त्रालयबीच पुनः वार्ता हुने भएको हो ।
वार्ता दिउँसो ३ बजे हुने शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले जानकारी दिएको छ । शिक्षकहरुसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
हिजो राति भएको छलफलको बिषयमा शिक्षकहरुले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । शिक्षकको माग पुरा गर्न ८ अर्ब बढी रकम खर्च हुने बिषयमा सरकार सहमत हुन सकेको छैन ।











