Logo
Logo

सरकार र शिक्षक महासङ्घबिचको वार्ता सकारात्मक


5.7k
Shares

काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच आज सम्पन्न वार्ता सकारात्मक बनेको छ । सत्तारुढ दलका शीर्ष नेताहरूको सहभागितामा भएको वार्ताले विवाद समाधानको दिशामा ठोस प्रगति गरेको सहभागी पक्षले बताएका छन्।

वार्ता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा सम्पन्न भएको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र सरकारका शीर्ष प्रतिनिधिहरू सहभागी थिए। छलफलमा कांग्रेस उपसभापति खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शङ्कर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए ।

शिक्षक महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन सदस्यीय टोलीले वार्तामा भाग लिएको थियो । वार्ता पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सात बुँदे प्रस्तावलाई आधार मानेर अगाडि बढाइएको बताइएको छ ।

शिक्षामन्त्री पन्तले आजको मन्त्रिपरिषद् बैठकमा वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको जानकारी गराएका छन् । सञ्चारमन्त्रीले पनि पर्सिसम्म समाधान आउने सम्भावना रहेको जानकारी पत्रकारहरूसँग साझा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्