Logo
Logo

नेपालमा व्यवस्था उल्टिनेबारे भारतमा नागरिक स्तरमै  चासो छ : डा.बाबुराम भट्टराई


2.5k
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्था परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।  भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री डा.भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । 

उनले भारतमा नागरिक स्तरमै पनि नेपालमा व्यवस्था उल्टिनेबारेमा चासो रहेको पाएको तर भारत सरकार र भारतका मुख्य शक्तिहरू त्यस पक्षमा नरहेको बताए । 

उनले भने, ‘भारतमै जस्तरमै चासो भएको विषय के रहेछ भने जुन विभिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् । त्यो कतै व्यवस्थाकै बिरुद्धको हो की भन्ने रहेछ । केही व्यक्तिहरू त्यसमा लागेको हुनसक्छ । तर भारत सरकार आफैँ र । त्यहाँको मुख्य शक्तिहरूको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढङ्गले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन । हुन सक्दैन, त्यसले लाभ गर्दैन । भन्ने कुरा नै आयो । हामीलाई अनावश्यक ढङ्गले भ्रम छरेर प्रतिगामी शक्तिहरू त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्ने कुरा सत्य होइन ।’

उनले भारत सरकार नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले काम गर्न नसकेको निष्कर्षमा पुगेकाले नयाँ विधि अपनाउनुपर्ने देखिएको बताए । 

उनले नयाँ विधिबाट नेपाल र भारतबिचका समस्याहरू समाधान गर्न भारत पनि सकारात्मक रहेको बताए । उनले नेपाल र भारतबीच बाँकी रहेका समस्यालाई संवादका माध्यमबाट नै समाधान गर्न उचित हुने  बताए । इपिजीको ठाउँमा नयाँ विधि अपनाएर दुई देशका समस्या समाधान गर्नका लागि प्रधानमन्त्रीस्तरीय वार्ता हुनुपर्ने आवश्यकता महशुस गरेको उनको भनाइ छ । 

उनले भने,‘नेपाल—भारत सम्बन्धको जुन ऐतिहासिकता छ, त्यसलाई हामीले कुनैपछि ढङ्गले अल्झिएर समय खेर फाल्नु हुँदैन । बाँकी रहेका समस्यालाई वार्ता, संवादबाटै हल गरेर जानुपर्छ । त्यसका निम्ति इपिजी नै सम्बन्ध राम्रो उपाय थियो । तर त्यो विषयमा बुझ्दा के देखियो भने इपिजीले काम गर्न सकेन भन्ने कुरा त्यहाँको उच्च तहसम्म करिव करिव निर्णय जस्तै भइसकेको रहेछ । इपिजी स्वीकार्य नभएको अवस्थामा त्यसमा किचलो गर्नुको सट्टा अर्को विधि खोज्नुपर्छ भन्ने कुरा आयो । त्यसो हो भने उच्च तहका नेताहरू प्रधानमन्त्री तहमै वार्ता र संवाद हुनुपर्छ भन्ने कुरा गरेको छु । दुवै तर्फबाट एउटा वातावरण बनाउन हामी लाग्नुपर्छ । यसलाई गिजोलेर हामीलाई फाइदा हुँदैन । यो हल नहुँदा हामीलाई नै घाटा बढिरहेको छ । त्यसैले हामीले नै धेरै अन्य कुरा पछि हल गर्ने ढङ्गले नेपालको अर्थतन्त्रमा परेका असरका विषयहरू, खुला सीमानाले पारेका समस्याका कुराहरू छन् । त्यसमा समाधान दिनुपर्छ ।’

अध्यक्ष भट्टराईले छिमेकीहरूसँग ठिक ढङ्गले सम्बन्ध राखेर अघि बढ्ने हो भने कागले कान लग्यो भन्दैमा कागको पछि दौडिन जरुरी नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्