Logo
Logo

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते


252
Shares

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा मंगलबार राति दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए ।

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् ।

घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्