Logo
Logo

धादिङमा कुटपिट गरेर सुकबहादुरकाे हत्या, १ जना पक्राउ


945
Shares

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको खुलेको छ ।

रुबिभ्याली गाउँपालिका–४ घर भएका ५० वर्षीय सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकको नालीमा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको बताए । सुक बहादुरको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भई नीलकण्ठ नगरपालिकास्थित रायोटारमा बस्दै आएका २० वर्षीय सुमन सुनार रहेका छन् ।

पक्राउ परेका आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्