Logo
Logo

सरकार र शिक्षकबीच निर्णायक वार्ता आज


819
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो निर्णायक वार्ता हुने भएको हो ।

वार्ता दिउँसो २ बजेका लागि तय भएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिए । शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ ।

यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्‍बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताले बताउँदै आएका छन् । शिक्षामन्त्री रघुजी पन्तले पनि वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्