
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा अन्यौलमा देखिएको छ । बिहान ११ बजे
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पाार्टी एकता घोषणा कार्यक्रम राखिएको थियो ।
तर बुधबार मध्याह्न साढे १२ बजेसम्म हल बुकिङ नभएपछि कार्यकर्ताहरू बाहिरै बसेका छन् । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले समन्वय अभावले हल बुकिङ ढिला हुन पुगेको बताए । ‘अहिले हल खुलिसकेको छ, हामी पनि जाँदैछौं,’ उनले भने ।
बल बुकिङ नभएका कारण एकता घोषणा ढिला भएको बताइएपनि दुई पार्टीबीच सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नामका विषयमा विवाद हुँदा तोकिएको समयमा एकता घोषणा नहुने निश्चित जस्तै बनेको नेताहरु बताउँछन् ।