Logo
Logo

लोकतन्त्रलाई थप सुदृढ गर्नेगरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव


315
Shares

काठमाडौं । सत्ता पक्षीय दलहरुले लोकतन्त्रलाई थप सुदृढ गर्नेगरि सरकारको नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवासमा बुधबार बसेको सत्तारुढ दलहरुको बैठकमा लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि भइरहेका आक्रमणलाई सामूहिक रुपमा जवाफ दिने गरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइएको हो ।

विकास निर्माणका कामलाई प्रभावकारी, समयमा सकिने गरि उच्च प्राथमिकता गर्नुपर्ने सुझाव पनि आएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

युवा पुस्तामा आशा र विश्वास जगाउने गरी बिभिन्न कार्यक्रम ल्याइनुपर्ने, अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक फजुल खर्चहरुलाई कटौती गर्ने र सरकारको कार्यदक्षता बढाउन पनि उनीहरुले सरकारलाई सुझाव दिएको ज्ञवालीले बताए ।

समग्रमा बिगत बर्षको भन्दा ब्रेक थ्रु हुने गरि नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा सत्तापक्षीय दलका नेताहरुको जोड रहेको उनले जानकारी दिए ।

ज्ञवालीले शिक्षकहरुको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रुपमा अगाडी बढेको र बिहीबारदेखि सहज ढङ्गले पठन पाठन गर्नेगरी वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्