काठमाडौँ । शिक्षक महासंघसँग केही अघि सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बैठकले आजको वार्तामा भएको सहमतिलाई अनुमोदन गर्ने जनाइएको छ। सिंहदरबारमा केही अघि मात्रै भएको वार्ताबाट सहमति जुटेको हो।
यस्तै गभर्नर नियुक्तिलगायत विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने जनाइएको छ।











