
काठमाडौं । अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानबाटै स्वास्थ्य बिमा सेवा पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्दै उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् ।
यसअघि बिमासेवा लिन तीन महिना कुर्नुपथ्र्यो भने बीमा गरेपछि सेवा लिनका लागि बीमा गराइएको ठाउँमै पुगेर रेफलर लेटर लिनुर्ने बाध्यता थियो । तर अब भने व्यक्तिले बसोबास गरिरहेको स्थानमै प्रस्थान विन्दु कायम गरेर स्वास्थ्य बीमाको सुविधा लिन पाउनेछन् ।














