Logo
Logo

शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद् असन्तुष्ट


1.4k
Shares

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले शिक्षा मन्त्रालयसँग गरेको सम्झौतामा असहमति जनाएको हो ।

विगत २९ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुदे सहमति भएपछि आजदेखि आन्दोलन फिर्ता भएको थियो । तर, परिषद्ले फिर्ता गरिएको आन्दोलनका कार्यक्रमको विषयमा पूर्णरूपमा असहमति रहेको जनाउँदै संस्थागत धारणा बाहेकको सहमतिको भर्सना गरेको हो । साथै थप कार्यक्रम समीक्षा बैठक पश्चात् कार्यक्रमहरु सार्वजनिक गरिने परिषदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्