सप्तरी । जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको आफ्नो भिडिओबारे गम्भिर ध्यानाकर्षण भएको बताए छन् । उनले रमाइलो गर्न खेलौना पड्काएर नाचेको घटना अतिरञ्जित बनाइएको समेत दावी गरेकी छन् ।

नेतृ यादव पेस्तोल पड्काउँदै नाचेको एउटा भिडियो सामाजिक सञ्जालमा सावैजनिक भएको थियो । बुधबार रातीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओबारे सप्तरी प्रहरीले अनुसंन्धान सुरु गरेको छ । उक्त घटनाबारे नेतृ यादवसँग सोधपुछका बोलाइएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
सावजनिक भएको भिडियोमा नेतृ यादवले हातमा पेस्तोल लिएर नाचिरहेको देखिन्छ । उक्त भाइरल भिडिओमा यादवसँगै अन्य ब्यक्तिहरू पनि नाचिरहेको देखिन्छ । नेतृ यादवले उक्त भिडियोबारे विज्ञप्ति जारी गर्दै घटनालाई अतिरञ्जित गरिएको दावी गरेकी छन् ।
उनले भनेकी छन्, ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’
उनले वैवाहिक कार्यक्रममा वा अन्य कुनै समारोहमा रमाइलो गर्ने वा मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने पनि विज्ञप्तिमा उल्लेख गरेकी छन् । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।














