Logo
Logo

पाँच बाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कसलाई कति जरिवाना ?


2k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच वटा बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा नियम मिच्ने राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई कारबाही गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड बढी जरिवाना तोकिएको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना लगाइएको हो ।

त्यस्तै नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई कर्जा दुरुपयोगमा ५ लाख जरिवाना गरेको छ भने बैंकका सीईओ तिलकराज पाण्डेलाई राम्रोसँग काम गर्न नसकेको भन्दै एक पटकका लागि सचेत गराएर छोडेको छ ।

पाण्डेलाई राष्ट्र बैंकले बैंक र सीईओबीच भएको सम्झौताअनुसार बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा योजना कार्यान्वयन गराउन नसकेको, कर्जा समयमै स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गर्न नसकेको भन्दै एक पटकका लागि सचेत गराएर छोडेको छ ।

यस्तै लक्ष्मी सनराइज बैंकका सीईओ अजय बिक्रम साहलाई कर्जा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, बैंकको संस्थापक सेयरधनीलाई निर्देशनविपरीत गएर कर्जा सुविधा उपलब्ध गराएको लगायत कसुरमा नसिहत दिइएको छ । योसँगै बैंकले कर्जा वर्गीकरण नगरेको, खराब कर्जाअनुसार कर्जा नोक्सानी व्यवस्थापन पर्याप्त नगरेकालगायतका कसुरमा बैंकलाई कारबाही गरेको छ ।

अहिले वाणिज्य बैंकहरुले बढेको खराब कर्जा लुकाउनका लागि त्यस्ता कर्जाहरुलाई खराबमा वर्गीकरण नगरी ढाकछोप गर्दै आएका छन् । कर्जा नोक्सानी व्यवस्थापनसँगै राष्ट्र बैंकले कडाइ गरेको कर्जा वर्गीकरणमा बैंकहरुले बेवास्ता गर्दै निष्क्रिय कर्जा पनि सक्रिय कर्जामा वर्गीकरण गर्ने पाइएपछि राष्ट्र बैंकले बैंकहरुलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले कुमारी बैंकले निष्क्रिय कर्जा र सूक्ष्म निगरानी कर्जामा वर्गीकरण नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई नगर्न सचेत गराएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरूलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको पाइएको छ । कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडूक्युसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरूको पूर्ण पालना गरेको पाइएको छ । जसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्