Logo
Logo

जसपा नेतृले पड्काएको पेस्तोल बरामद


2.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादव पड्काएको पेस्तोल प्रहरीले बरामद गरिएको छ । 

सर्लाही प्रहरीले केहीबेर अघिमात्रै उक्त पेस्तोल बरामद गरेको हो । प्रहरीका अनुसार उक्त पेस्तोल बारुद मात्रै पड्किने किसिमको रहेको खुलेको छ । नेृत सिंहले १२ वैशाखमा पेस्तोल पड्काउँदै नाचेको खुलेपछि सर्लाही प्रहरीले उक्त पेस्तोल बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की सिंहलाई भने सप्तरी प्रहरीले बोलाएर सोधपुछ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी छिन् । उनीमाथि अहिले सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

नेृत सिंहले नाचेको भिडिओ बुधवार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

उक्त पेस्तोलबाट फायर हुने भन्दा पनि ग्यास मात्रै पड्किने किसिमको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रतिक्रिया दिनुहोस्