Logo
Logo

लगानीका लागि कोशीमा अनुकूल वातावरण छ : प्रधानमन्त्री


189
Shares

काठमाडौं । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । सम्मेलनमा प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेको बताए ।

लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उनले लगानीको सम्भावना प्रचुर रहेको बताए । साथै उनले उद्यमशीलता गर्नेका लागि  सरकारको साथ रहेको भन्दै उद्यमशीलताको खोजीमा लाग्न आग्रह गरे । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए । कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लगानीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको बताउँदै उनले लगानीको वातावरण पर्याप्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्