काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवासमा गएर भेटेका छन् ।

हालै भारत कश्मिर पहलगाममा भएको आतङ्ककारी हमलाको बारेमा अध्यक्ष प्रचण्डले चिन्ता जाहेर गरेका थिए । विदेश विभाग प्रमुख चौथाइवाले पनि आतङ्कवादको विरुद्धमा सबै एक भएर लड्नुपर्ने बताएका थिए ।
त्यसअघि उनी नेकपा (एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका नेता शेखर कोइराला, नेपाली काँग्रेसका नेता उदय शम्शेर राणा, अर्का नेता प्रकाशशरण महत, माओवादीका उपमहासचिव जनार्दन शर्मालाई पनि भेटेका थिए ।
हिजो चौथाइवालेले काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आराजु राणा देउवा, गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए ।