Logo
Logo

सिंहदरबारमा ओली-देउवा, गएनन् प्रचण्ड


5.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा सहभागी छैनन् ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार बिहीबारको छलफलका लागि प्रधानमन्त्रीको सचिवालयबाट बोलावट भएको थियो । समसामयिक राजनीति, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्नका लागि उनीहरू भेटवार्तामा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्