Logo
Logo

पेस्तोल पड्काउँदै नाचेकी जसपाकी नेतृ बबी सिंहलाई प्रहरीले छाड्यो


2.1k
Shares

काठमाडौं । पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।

सप्तरी जिल्ला प्रहरी कार्यालयले उनलाई सोधपुछका लागि बोलाएको थियो । सोधपुछपछि यादवले चलाएको पेस्तोल बारुद मात्र पड्किने ९ब्ल्याङ्क० भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएपछि कागजी प्रक्रिया पूरा गराएर छाडिएको प्रहरीले जनाएको छ ।

घटना सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५ स्थित भाँड्चौर भन्ने स्थानमा भएको खुलेको छ । वैशाख ११ गते मलंगवा–२ निवासी अञ्जनी कुमारको घरमा आयोजित वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी थिइन् ।

यादवकै बयानका आधारमा सर्लाही प्रहरीले मलंगवा–२ स्थित अञ्जनी कुमारको घरबाट पेस्तोल बरामद गरेको थियो । भिडिओ भाइरल भएपछि सार्वजनिक सुरक्षा र कानूनी विषयमा चासो बढ्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस्