Logo
Logo

प्रिशा मृत्यु घटना- किटविरुद्ध तत्काल कडा कारबाही गर्न एबीभीपीको माग


378
Shares

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजेतिर मृत फेला परेकी र घटनाको अनुसन्धान सुरु गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासले जानकारी दिए । प्रथम वर्षमा अध्ययनरत् प्रिशा होस्टलमा सिनियर दिदीहरूसँगै बस्ने बस्दै आएकी थिइन् । तर, घटनाको क्रममा कोठामा कोही थिएनन् ।

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले बिहीबार अबेर विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ ? भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेका छन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।
आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनी मृत्युको बाटो बोज्न बाध्य भएकी थिइन् । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि दमन गर्दा तनावको स्थिति पैदा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्