Logo
Logo

प्रिन्सा मृत्यु घटना : परराष्ट्र मन्त्रालयले थाल्यो छानविन गर्न कूटनीतिक पहल


567
Shares

काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिन्सा साह मृत फेला परेको घटनामा परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिन्सा साह बिहीबार साँझ फेला परेकी थिइन् । उनको शव कलेज होस्टेलमा फेला परेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । उक्त घटनापछि नेपाली विद्यार्थीले आन्दोलन गरेका थिए । विश्वविद्यालले कर्मचारीलाई कारबाही गर्ने बताएपछि आन्दोलन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्