काठमाडौं । आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठकसँगै राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको छ ।
शुक्रबार बिहान १० बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजालाई आजै सपथ ग्रहण गराउने कार्यक्रम राखेका थिए । सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए । अब आज मन्त्रिपरिषद् बैठक नबस्ने प्रधानन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद बैठक स्थगितबारे केही खुलाइएको छै्रन ।