Logo
Logo

माछापोखरीमा तरकारी बेच्न नपाएका स्थानीयले बाटोमै रोके फोहोरको गाडी


819
Shares

काठमाडौं । तरकारी व्यापारीले नुवाकोटमा प्रदर्शन गरेपछि फोहोर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् ।

काठमाडौं उपत्यकाबाट सिसडोल डम्पिङ साइट हिँडेका गाडीहरूलाई तिन पिप्लेमै रोकिएको छ । तिनपिप्ले क्षेत्रमा अहिले करिब २ दर्जन फोहोरका गाडी बाटोमै रोकिएका छन् । स्थानीयहरूले महानगरपालिकासँगको वार्तामा माग पुरा नभएको भनी बाटो अवरोध गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्