Logo
Logo

अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्टलाई म्याद थप गर्न अदालत लगिँदै


1.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतको लेटरहेडमा रेशम चौधरीलाई पक्राउ गरी कारगार पठाउन अनधिकृतरुपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई म्याद थप गर्न आज अदालत लगिँदै छ ।

अदालतको मुद्दा रिट दर्ता शाखाका विष्टलाई म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रमुख तथा एसपी कुलदीप चन्दले बताए । उनलाई अब केहीबेरमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ ।

अनधिकृत पत्र लेख्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गर्न भन्दै उनी आफैं गत बुधबार प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले चौधरीलाई तत्काल पक्राउ गरेर डिल्लीबजार कारागार पु¥याएको थियो । तर, अदालतको पत्र अनधिकृत भएको खुलेपछि पाँच घण्टामै चौधरी रिहा भएका थिए भने विष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्