Logo
Logo

राजतन्त्र पुनःस्थापनाको अभियानमा भारतको कुनै समर्थन छैन् : चौथाइवाले


756
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेले नेपालमा राजतन्त्र पुनःस्थापनाको अभियानप्रति भारतको कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रवार भएको भेटका क्रममा उनले भारत नेपालको वर्तमान संविधान र राजनीतिक संरचनाको पक्षमा रहेको धारणा राखेका हुन् ।

पुनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भेटवार्तामा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। चौथाइवालेले नेपालमा चलिरहेको राजावादी मुभमेन्टसँग भारतको कुनै प्रकारको समर्थन वा सम्बन्ध नरहेको प्रस्ट पार्नुभयो ।’

भेटमा पुन र चौथाइवालेबीच दुई पार्टीबीचको सम्बन्ध अझ सुदृढ बनाउनेबारे पनि छलफल भएको जनाइएको छ । सचिवालयका अनुसार, ‘भूतपूर्व अर्थमन्त्री पुनसँगको भेट सौहार्दपूर्ण रह्यो र दुई पार्टीबिच भविष्यमा अझ सहकार्य बढाउने कुरामा सहमति बन्यो।’

यसै अवसरमा चौथाइवालेले जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकी हमलाप्रति नेपालका केही दलहरूले व्यक्त गरेको ऐक्यबद्धता र समर्थनप्रति आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्