Logo
Logo

शिक्षाको समस्या समाधानका लागि कानुनी र नीतिगत व्यवस्था गरिने


0
Shares

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । उनले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न कानुनी र नीतिगत व्यवस्था गरिने जानकारी दिए ।

‘विद्यालय शिक्षामा देखा परेका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत प्रबन्ध गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

उनले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउँदै ज्ञान उत्पादनमा केन्द्रित गरिने उल्लेख गरे ।  ‘विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धानतर्फ केन्द्रित गरिनेछ,’ उनले बताए ।

राष्ट्रपति पौडेलले उद्यमशीलता प्रवर्द्धन गर्ने शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘सरकारको नीति उद्यमशीलता मैत्री शिक्षा प्रणाली निर्माण गर्नु हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्