काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सीमा सुरक्षा सम्बन्धी कामलाई थप प्रभाकारी बनाउँदै लगिने बताए ।

राष्ट्रपति पौडेले त्यसका लागि सीमा सुरक्षा पोस्ट (बीओपी)हरु सङ्ख्या थप गर्दै लगिने बताए । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटिँदै आएको छ । शसस्त्रकै मुख्य जिम्मेवारी रहेको विपद् उद्धारमा थप प्रभावकारी काम गरिने बताइएको छ ।














