Logo
Logo

हितेन्द्रदेव शाक्यको बिजुलीको महसुल बढाउने संकेत


1.6k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिजुलीको महसुल बढाउने संकेत गरेका छन् । शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै यस्तो संकेत गरेका हुन । उनले विगत ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको बताए ।

उनले समयानुकुल विद्युत महशुल समायोजन गर्न आवश्यक पहल गर्ने श्वेतपत्रको भावी योजनामा राखेका छन् । उनले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रचलित विद्युत वितरण तथा संलकन विनियमावली अनुसार असुलीको प्रकृया तत्काल अगाडि बढाइने तयारी रहेको जानकारी दिए ।

उनले सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बाँकी बक्यौता नेपाल सरकारको सहयोग लिई असुल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्