काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत थिए । आजको बैठकमा त्यसको समीक्षा, संसदमा प्रस्तुत हुने विधेयक र त्यसबारेको छलफल हुने बताइएको छ ।














