Logo
Logo

नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु


819
Shares

बुटवल । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

इलाका प्रहरीका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेका थिए । त्यसपछि खोजीका क्रममा अर्का बालकको पनि शव भेटिएको उनले बताए ।

मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । उनीहरु पौडी खेल्न गएको बेला डुबेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्