Logo
Logo

हेटौंडामा सडक भासिँदा बलेरो गाडी गायब


3.5k
Shares

हेटौंडा । हेटौंडामा सडक भासिएर एउटा गाडी गायब भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिँदा एउटा भ्यान गायब भएको हो ।

भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिएपछि सडकमा पानी जमेर दह बनेको छ ।

गाडीका चालक र सहचालक भने गाडी धसिनुअघि नै निस्किएका छन् । गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्दा पनि नसकेको सहचालकले बताए ।

शुक्रबार दिउँसो गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताए । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ रहेको छ । पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । पानी कटाएर गाडीको खोजी कार्य भइरहेको प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्