
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।
अविरल वर्षापछि बागमती नदीमा बाढी आउँदा मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलाको डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
उक्त डाइभर्सन बगाएपछि आज (आइतबार) बिहान ६ बजेदेखि नै सवारी साधनको आवतजावत बन्द भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
अहिले प्रहरी टोली घटनास्थलमा खटिएको र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।