Logo
Logo

ऊर्जा राज्यमन्त्रीको शपथ आज


693
Shares

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सरकारको सिफारिसमा गतसाता राज्यमन्त्री नियुक्त भएका गर्बुजाको शपथ कार्यक्रम आज बिहान साढे ११ बजे सिंहदरबारमा हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबारै उनले शपथ लिने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा अचानक स्थगित भएको थियो । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले गर्जुबालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्