Logo
Logo

रेशम पक्राउबारे प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी


1.7k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउबारे सरकारको जवाफ माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलि (मंगलबार) बस्ने बैठकमा प्रधानमन्त्री र गृहमन्त्री आएर रेशम पक्राउ घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने चेतावनी दिएका हुन् ।

यहि बैशाख १७ गते नागरिक उन्मुक्ति र जनमतबीच पार्टी एकता हुँदैथियो । पार्टी एकता घोषणा सभामा सहभागी हुन पुगेका रेशमलाई प्रज्ञा भवन परिसरबाटै प्रहरीले पक्राउ गरेको थियो । पछि उनको पक्राउ पुर्जी फर्जी रहेको भन्दै सर्वोच्चले डिल्लिबजार कारागारलाई पत्र काटेपछि उनी ५ घण्टापछि रिहा भएका थिए ।

सो घटनाको जवाफ माग गर्दै सांसद चौधरीले भने, ‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर डिल्लीबजार पु¥याइयो । जुन पुर्जीका आधारमा उहाँलाई पक्राउ गरियो त्यसलाई फर्जी भनिएको छ । तर सरकारले जवाफ दिएको छैन । प्रधानमन्त्री र गृहमन्त्रीले भोलीको बैठकमा जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुन्छौ ।’

प्रतिक्रिया दिनुहोस्