काठमाडौं । राष्ट्रियसभा सदस्यले चैत १५ को घटनाका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले तत्काल पक्राउ गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
आज राष्ट्रियसभाको शून्य समयमा नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले चैत १५ को घटनाका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले तत्काल पक्राउ गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उक्त घटनाका सहायक कमाण्डरहरु जेलमा भए पनि मुख्य कमाण्डर शाहलाई सरकारले पक्राउ गर्न नसकेको उनको भनाइ छ ।
दरबार हत्याकाण्डका योजनाकारसमेत शाह भएको भन्दै सरकारले गिरफ्तार गरी सम्पत्ति छानबिन गर्नुपर्ने उनले माग गरे । उनले भने– ‘चैत १५ गने भएको वितण्डाले देश मर्माहित भएको छ। त्यसको सहायक कमाण्डर गिरफ्तार गरिएका छन्, सहायक कमाण्डर जेलमा छन् तर मुख्य कमाण्डर समातिएका छैनन्। मुख्य कमाण्डर भनेका प्रतिगमनका मुख्य नायक ज्ञानेन्द्र शाह हुन्‚ ज्ञानेन्द्र शाहलाई अहिले पनि सरकारले समाउन सकेको छैन। दरबार हत्याकाण्डका मुख्य योजनाकार पनि तिनै हुन भन्ने सर्वत्र चर्चा छ। ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरियोस् र सम्पत्तिको पनि छानबिन होस् ।’














