काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। पार्टी केन्द्रको निर्णयअनुसार सोमबार देशभरका पालिकामा पार्टीको पालिका कमिटीले ज्ञापनपत्र बुझाएका हुन्।

एकीकृत समाजवादी प्रचार विभागका अनुसार स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने भन्दै सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर ज्ञापनपत्र बुझाएको हो।
यसअघि वैशाख १७ गते पार्टीको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो। यस्तै वैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले पनि ज्ञापनपत्र बुझाएका थिए।














