Logo
Logo

बाल मन्दिरको जग्गा हिनामिनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन


1.3k
Shares

काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा सस्तो मूल्यमा भाडामा दिँदा सरकारी सम्पत्तिमा आर्थिक हानी पुर्‍याएको भन्दै रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको हो ।

महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार, प्रारम्भिक अनुसन्धानका आधारमा सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको ठहर गर्दै मुद्दा अघि बढाइएको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयले उक्त मुद्दा नचलाउने सिफारिससहित फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएका थिए ।

तर, अनुसन्धान प्रतिवेदनले पर्याप्त आधार देखाएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला उल्ट्याउँदै मुद्दा दायर गर्ने निर्णय लिएको हो । आरोप अनुसार, बाल संगठनको मूल्यवान जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिइएको थियो, जसबाट राज्यलाई ठूलो आर्थिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्