Logo
Logo

मन्त्रिपरिषद्वारा प्रहरी, सेना र गुप्तचरको बारेमा महत्वपूर्ण निर्णय


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ माघ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी,सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीमाथि हुँदै आएको असमानता हटाएको छ । सरकारले सशस्त्र द्वन्द्वमा मारिएका सबै सुरक्षाकर्मीलाई सहिद घोषणा गर्ने निर्णय गरेर असमानता हटाएको हो ।


सशस्त्र प्रहरी बलको १८ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यससम्बन्धि जानकारी दिएका हुन् ।
उनका अनुसार दुई हजार आठ सय सात जना सुरक्षाकर्मीलाई शहिद घोषणा गर्ने निर्णय भएको छ । नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार चार सय ४८ ,सशस्त्र प्रहरी बलका तीन सय १८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना कर्मचारीलाई सहिद घोषणा गरेको हो । २३ २८ सय ७ जनालाई शहिद घोषणा गरेको छ । देशका लागि ज्यान दिनेहरुको बीचमा जून किमिसको असमानता थियो, त्यसलाई हटाइएको प्रधानमन्त्रीको भनाई छ ।
विगतमा द्वन्द्वमा मारिएका निजामती कर्मचारी तथा तत्कालिन माओवादी कार्यकर्तालाई मात्र शहिद घोषणा भएको थियो । सुरक्षाकर्मीलाई सहिद घोषणा गर्न माग हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्