Logo
Logo

भारतीय प्रधानमन्त्री मोदीले भने :‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’ हो


882
Shares

 काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार पन्जाबको आदमपुर एयर बेसमा सैनिकहरूलाई सम्बोधन गर्दै ‘अपरेसन सिन्दूर’ लाई भारतको ‘न्यु नर्मल’ को संज्ञा दिएका छन् । मे ६९७ मा पाकिस्तानका लक्षित स्थानमा भारतीय सेनाले गरेको आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । जुन अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफ थियो ।

‘तपाईँहरूको वीरताले अपरेसन सिन्दूरको प्रतिध्वनि देशभर सुनिएको छ । यो अपरेसनमा हरेक भारतीय तपाईँको साथमा छ,’ मोदीले भने ।  मोदिले भने, ‘यो कुनै सामान्य सैन्य अपरेसन होइन, यो भारतको नीति, नियत र निर्णायकताको प्रतीक हो । आतंकवादविरुद्ध भारतको लक्ष्मण रेखा स्पष्ट छ । यदि फेरि आक्रमण भयो भने भारतले कडा जवाफ दिनेछ ।’ मोदीले सैनिक र तिनका परिवारप्रति देश कृतज्ञ रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्