Logo
Logo

अकूतमा सम्पत्तिमा फस्दै सचिव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष इतिहासमै धेरै मुद्दा दायर ग¥यो, तर पनि प्रशंसा हुन सकेन । किनकि, मुद्दा दायर हुनेमा धेरैजसो तल्लो तहका कर्मचारी थिए । यद्यपि, नवीनकुमार घिमिरेको नेतृत्वमा आयोगले रेकर्ड बनायो ।

घिमिरेको कार्यकाल अब करिब डेढ महिना मात्र बाँकी छ । यो छोटो अवधिमा आयोगबाट केही ‘सरप्राइज’ आउन सक्ने आयोग स्रोत बताउँछ । अवकाशअघि केही उच्च पदस्थ व्यक्तिहरुविरुद्ध मुद्दा दायर गर्ने घिमिरेको तयारी छ । जसमा केही नेताहरु समेत छन् ।

आयोगले नेतामाथि अकुत सम्पत्तिको मुद्दा दायर नगरेको वर्षाै भइसकेको छ । आयोगको पदाधिकारी नियुक्तिमै भागबन्डा हुने र त्यसरी भागबन्डाका आधारमा गएकाले नेतालाई छुने आँट गरेका छैनन् । जसकारण उच्च तहमा भ्रष्टाचार मौलाउँदै गएको छ । जसमा आयोग मुकदर्शक बन्न बाध्य छ ।

आयोगले छानबिन गरेका केही फाइलमा नेताहरुसँग अस्वभाविक र अकूत सम्पत्ति देखिएको छ । तर, दबाबको भरमा मुद्दा दायरको निर्णय हुनसकेको छैन । अवकाशअघि ती फाइल सल्टाउने घिमिरेको तयारी छ ।

केही उच्च प्रशासकमाथि पनि आयोगले छानबिन सकाएको छ । त्यसमध्ये एक हुन् सचिव देवेन्द्र कार्की । उनी काठमाडौं घर नभएका सचिव हुन् । घर नभएपनि आफन्तको नाममा अथाह सम्पत्ति भेटिएको आयोग स्रोत बताउँछ । उनको छानबिन अन्तिम अवस्थामा छ । सडक विभाग र मातहतका कार्यालयमा रहँदा उनले अकुत आर्जन गरेको देखिएको छ । प्रभावशाली रहेका अन्य केही पूर्व प्रशासनकहरुको पनि छानबिन सकाएर मुद्दा दायर गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्