Logo
Logo

पर्यटनमा अँध्यारोपछि उज्यालोको आशा


- दृष्टि न्युज/संवाददाता


बिजनेशलाई नै आधार मानेर ऋण नदिने हो भने नेपालमा धेरै व्यवसायी विस्थापित हुन्छन्

  • राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी

पर्यटन यस्तो व्यवसाय हो, जसमा लाग्नेले चाडपर्व समेत भन्न पाउँदैनन् । जहाँ जतिखेर पनि खटिनुपर्ने हुन्छ । त्यही व्यवसाय केही महिनायता विश्वभरि नै यसरी ठप्प भएको छ, मानौं समय नै टक्क रोकिएको छ ।

कोरोना संकटका कारण पर्यटन व्यवसायले यतिबेला अभूतपूर्व क्षति भोगेको छ । यो बेला विश्वभरका पर्यटन व्यवसायीहरुले पनि अनौठो अनुभव गरिरहेका छन् । यस्तै अनौठो समयको अनुभव गरिरहेका छन् व्यवसायी राजेन्द्र सापकोटाले । ट्रेकिङ तथा होटल व्यवसायमा आबद्ध उनी भन्छन्, ‘व्यवसायमा आबद्ध भएदेखि बिहान घरमा कहिलेकाहीँ मात्र खाना खान भ्याइन्थ्यो, तर अहिले कोरोनाका कारण दैनिकी फेरिएको छ, बिजनेशको पाटो नेगेभिट हुँदाहुँदै पनि धेरै वर्षपछि फुर्सद मिलेको छ ।’ यो फुर्सदले आगामी दिनको चुनौती पनि बढेको छ ।

अगष्ट महिना, नेपालमा पर्यटनको सिजन सुरु हुने समय हो । तर यो वर्ष अगष्ट सुरु हुनै लाग्दा पर्यटकको हव ठमेल यतिबेला सुनसान छ । होटलदेखि अन्य व्यवसाय धमाधम बन्द हुन थालेका छन् । सापकोटाको ठमेलस्थित टे«किङ अफिस र होटल पनि सुनसान छ । यो कठिन अवस्थामा उनी चिन्तामा होइन, चिन्तनमा छन् । सकारात्मक सोचका साथ पर्ख र हेरको अवस्थामा छन् ।

सरकारले १५ साउनदेखि होटल खोल्ने तथा १ भदौदेखि राष्ट्रिय÷अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरिसकेको छ । तर, तत्काल पर्यटन क्षेत्रमा चहलपहल हुने सम्भावना नरहेको उनी बताउँछन् । ‘मार्चसम्म हामीलाई धेरै समस्या हुन्छ,’ उनी भन्छन्,‘त्यसपछि चाँही पर्यटन क्षेत्रले केही गति लिन्छ कि भन्ने आशा छ । पूर्ववत रुपमा फर्कन त २०२२ को मार्च मात्र मात्र सम्भव देख्छु ।’ त्यो समयसम्म व्यवसायलाई टिकाइराख्नु अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ छ । पर्यटनको आन्तरिक बजार सुरु भए पनि विदेशबाट पर्यटक आउन समय लाग्ने उनी बताउँछन् । स्थानीय तहले समेत अनुमति दिनुपर्ने भएकाले ट्रेकिङ व्यवसाय सुचारु हुन अझै लामो समय लाग्ने उनको आँकलन छ । भारतमा कोरोना संक्रमणको अवस्था कस्तो हुन्छ ? त्यसबाट पनि नेपालको पर्यटन क्षेत्रको भविष्य निर्धारण हुने अवस्था छ ।

राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी

अहिलेको अवस्थाले स्वभाविक रुपमा चुनौती थपिएको छ । तर, पनि उनले हार खाएका छैनन् । अध्यारोपछि उज्यालो आउँछ भन्ने आबा विश्वासमा रहेको उनी छिट्टै अवस्था सामान्य अवस्थामा आउनेमा आशावादी छन् । चिनियाँ अर्बपति ज्याक माले भनेका छन्, ‘जोखिम लिन चाहन्छौँ भने व्यवसाय गर, नत्र कर्मचारी बन ।’ जोखिम लिन क्षमताले नै उनी व्यवसायी बनेका हुन् । त्यसरी चुनौतीसँग लड्नमै उनी केन्द्रीत छन् । जोखिम लिन क्षमताले नै उनी व्यवसायी बनेका हुन् । त्यसरी चुनौतीसँग लड्नमै उनी केन्द्रीत छन् ।

नेपालमा पर्यटक क्षेत्रले ५ देखि ७ लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा थप लाखौं सर्वसाधारण व्यक्ति पर्यटकमा निर्भर छन् । यस्तो व्यवसाय ठप्प हुँदा देशको अर्थतन्त्रमै ठूलो असर पर्ने भएकाले पर्यटन क्षेत्रलाई टिकाइराख्न राज्यले बिशेष ध्यान दिनुपर्ने उनी बताउँछन् । सरकारले मौद्रीक नीतिले ऋण तिर्नलाई केही समय होल्ड गर्ने पुनकर्जाको सुविधा दिने घोषणा गरेको छ । त्यसलाई छिटो कार्यान्वायनमा लैजानुपर्नेमा उनको जोड छ । ‘रेन्टमा व्यवसाय गर्नेहरुलाई सरकारले यतिबेला विशेष ध्यान दिनुपर्छ, २०औँ वर्षको मेहनतले उ व्यवसायी बनेको हुन्छ, उसले रोजगारी पनि दिएको हुन्छ तर, एकजना व्यवसायी बिस्थापित हुँदा दर्जनौं बिस्थापित हुन्छन् ।’ उनी भन्छन्,‘राज्यले भरोसा नदिए धेरै मान्छे डिप्रेसनमा जाने सम्भावना छ, धेरै व्यवसायी बिस्थापित हुने देखेको छु, म आफैंलाई पनि प्रश्न गरिरहेको छु, म कति दिनसम्म टिक्न सक्छु ?

नेपालमा बिजनेशलाई नै आधार मानेर ऋण दिने नीति बनाउनुपर्नेमा उनको जोड छ । ‘एउटा व्यवसायीले आफ्नो सबै सम्पत्ति व्यवसायमा लगाएको हुन्छ । तर, त्यो व्यवसायको मूल्याङकन गरेर ऋण पाइँदैन, उनी भन्छन्,‘सुनलाई धितो मान्न मिल्ने, तर होटललाई किन नमिल्ने ? यसमा राज्यले नीति बनाउनुपर्छ । व्यवसायमा करोडौं लगानी गरेको हुन्छ, तर बैंकबाट ऋण लिनलाई अन्य धितो नै चाहिन्छ । यो सिष्टम एकदमै गलत छ, उसको लगानी र कारोबारलाई धितो मानेर केही वर्षलाई बैंकहरुले ऋण दिनुपर्छ नत्र धेरैलाई समस्या हुन्छ ।’

सापकोटा शून्यबाट पर्यटन क्षेत्रमा लागेका व्यक्ति हुन् । सुरुमा उनी भारी बोकेर ट्रेकिङमा जान्थे, पछि गाइड बने । त्यसपछि साथीहरुसँग मिलेर ट्रेकिङ अफिस खोले । धेरै पसिना बगाएर पर्यटनमा उनले सफलता पाएका हुन् । ट्रेकिङका साथै ठमेलमा उनले दुई वटा होटल चलाएका छन् । नेपाल पर्यटन बोर्डमा तीन वर्ष सञ्चालक समितिको सदस्यको रुपमा काम गरेका उनले नीतिगतरुपमा पनि यो क्षेत्रलाई योगदान दिएका छन् ।

अहिलेको अवस्थाले स्वभाविक रुपमा चुनौती थपिएको छ । तर, पनि उनले हार खाएका छैनन् । अध्यारोपछि उज्यालो आउँछ भन्ने आबा विश्वासमा रहेको उनी छिट्टै अवस्था सामान्य अवस्थामा आउनेमा आशावादी छन् । चिनियाँ अर्बपति ज्याक माले भनेका छन्, ‘जोखिम लिन चाहन्छौँ भने व्यवसाय गर, नत्र कर्मचारी बन ।’ जोखिम लिन क्षमताले नै उनी व्यवसायी बनेका हुन् । त्यसरी चुनौतीसँग लड्नमै उनी केन्द्रीत छन् । जोखिम लिन क्षमताले नै उनी व्यवसायी बनेका हुन् । त्यसरी चुनौतीसँग लड्नमै उनी केन्द्रीत छन् ।

नेपालमा पर्यटन व्यवसायको अवस्था केही समयपछि हिजोको दिनमा भन्दा राम्रो हुने उनको विश्वास छ । ‘म ३० देश घुमेको छु, तर नेपाल जस्तो सुन्दर कतै देखिन धेरै पर्यटक जाने देशभन्दा नेपाल राम्रो छ, यस्तो देशमा १५÷२० लाख पर्यटक आउन ठूला कुरा छैन, त्यसकारण पर्यटन व्यवसायीहरु आत्तिनु हुँदैन, धैर्य गरेर केही समय टिक्नतर्फ लाग्नुपर्छ, पर्यटनमा सुनौलो दिन फेरि आउने छ ।’

प्रतिक्रिया दिनुहोस्