Logo
Logo

सशस्त्र प्रहरीमा पाँच नम्बर बाहिनी उत्कृष्ट


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १५ माघ ।
सशस्त्र प्रहरीका आठ बाहिनीमध्ये रुपन्देहीस्थित नम्बर ५ बाहिनी उत्कृष्ट भएको छ । सो बाहिनीलाई ‘बिग्रेड अवार्ड’ प्रदान गरिएको छ ।


सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा बाहिनीपति डिआईजी चिरञ्जिवी अधिकारीलाई प्रधानमन्त्रीकेपी शर्मा ओलीले अवार्ड प्रदान गरेका छन् ।
त्यस्तै स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले पूर्व प्रहरी महानिरीक्षक दुर्जकुमार राई र तथा पूर्व एआईजी रोहित थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
सशस्त्र प्रहरीले मह जोडीलाई समेत सम्मानित गरेको छ । विपद्सम्बन्धि जनचेतना फैलाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा रहेकाले भ्रष्टाचारमा शून्य सहनशीलताका साथ काम गर्न निर्देशन दिएका छन् । स्थापना कालदेखि नै सशस्त्र प्रहरीको देशलाई महत्वपूर्ण योगदान रहेको भन्दै समयानुकुल भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुख्य नाकाहरुमा बिओपी थपिने, सशस्त्रका अस्थायी गुल्मलाई स्थायी बनाउने प्रक्रिया, जनशक्ति र स्रोत साधन थपिने जानकारी दिए ।
२ वर्षको भन्दा धेरै उपलब्धि नौ महिनामा ?
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफूले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेपछि २२ करोड ७१ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको गरेको जानकारी गराए । जून पछिल्लो २ वर्षको भन्दै धेरै भएको उनको भनाई छ । साथै्र नौ महिनामा ४६ वटा विभिन्न किमिसका हतियार बरामद गरेको उनको भनाई छ ।
मिसन जानेको एक सय ५० डलर कट्टी नहुने
यूनएन मिसनमा जाने प्रहरीको भत्ताबाट एक सय ५० डलर काटिने प्रचलन हटाइएको छ । यसअघि खेलकुद शाखा लगायतको नाममा एक सय ५० डलर काटिने गरिएको थियो । अब त्यो रकम कट्टी नहुने निर्णाय गरिएको आईजिपी खनालले जानकारी दिए । कल्याणकारी कोषमा भने रकम कट्टी हुने छ ।

प्रतिक्रिया दिनुहोस्